साम्राज्ञी र अलिशाको 'माया पिरेम' सार्वजनिक [भिडियो]

ट्री एन्टरटेन्मेन्टको प्रस्तुतिमा 'माया पिरेम' को म्युजिक भिडियो सार्वजनिक भएको छ। विश्व नेपाली र अस्मिता परियारको आवाज रहेको गीतको शब्द डीपी खनालको रहेको छ। शंकर स्माइलले गीतमा संगीत भरेका छन्। उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन्।

माइकल चन्दको निर्देशन रहेको भिडियोमा साम्राज्ञी शाह, अलिशा शर्मा लगायतको अभिनय रहेको छ। उत्सव दाहालले दृश्य कैद गरेको भिडियोको सम्पादन तथा कलरिङ् शिलोन लम्सालले गरेका हुन्।

भिडियोलाई 'ट्री एन्टरटेन्मेन्ट' को युट्युवमा हेर्न सकिन्छ।

प्रकाशित मिति: : 2021-10-06 21:27:00

प्रतिकृया दिनुहोस्