३३ दिनमै सकियो ‘प्रेमगन्ज’को काठमाडौं छायाँकन

चलचित्र ‘प्रेमगन्ज’को काठमाडौं छायाँकन ३३ दिनमा सकिएको छ। अघिल्लो लकडाउनमा २७ दिन छायाँकन भएको चलचित्रको काठमाडौं छायाँकन भएको हो।

तर, चलचित्रको पूरै छायाँकन भने सकिएको छैन। चलचित्रको सम्पूर्ण छायाँकन सक्न १५ दिन लाग्ने निर्माताले जानकारी दिएका छन्। अब दसैंपछि काभ्रेको नाला, दोभानटार, सुनापाती र मादनमा छायाँकन हुनेछ।

निर्देशक परिच्छेद सेनले  यो चचित्रमा ३ सय ५० दृश्य र लगभग १० हजार सट रहेकाले समय लागेको बताए। चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ।

सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जय लामाले छायाँकन गरिरहेका छन्।

चलचित्रको कार्यकारी भूमिकामा अनन्तमान श्रेष्ठ छन्। ‘प्रेमगन्ज’चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ।

प्रकाशित मिति: : 2021-10-07 10:39:00

प्रतिकृया दिनुहोस्