बालुवाटार बैठकको भित्री कथा : देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीच यसरी भयो ‘कम्प्रमाइज’

रातोपाटी

लोकेन्द्र भट्ट

सत्तारुढ गठबन्धनमा मन्त्रालयको हिसाब–किताब मिलेसँगै शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । मंगलबार बसेको गठबन्धनको बैठकमा सैद्धान्तिकरुपमा मन्त्रालयगत भागबण्डा मिलेको थियो । विहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले त्यसलाई अन्तिम रुप दिएको छ ।

सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् । कुल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको छ । यो नेपाली काँग्रेसका लागि  पर्याप्त भाग हो ।

यसअघि काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर, बुधबार काँग्रेसलाई धेरै वटा मन्त्रालय दिन अन्य दलहरु राजी देखिएका छन् ।  

प्रकाशित मिति: : 2021-10-08 06:32:00

प्रतिकृया दिनुहोस्