शनिवार अमेरिका उड्ने सेड्युल, बुधवार भेटियो २६ वर्षीया अनिताको शव, मृत्यु अघिको भिडियो कलले उब्जायो शंका...

पहिलोपोष्ट

काठमाडाैँ

 दुई दिनपछि अनिता नेपालबाट टाढिदै थिइन्। घरपरिवार र माइती छोडेर अमेरिका उड्ने तय भइसकेको थियो। फ्लाइट भोलि अर्थात् शनिवार बिहानको।

अमेरिका उड्नुको अर्थ थियो, लामो समय यहाँ रहेका सबैबाट टाढा हुनु। त्यसैले बिहानैदेखि अनिता बावुआमासँग भिडियो कलमा व्यस्त थिइन्।

शनिवार बिहान साढे ८ बजे काठमाडौंबाट लामो समयदेखि प्रतीक्षा गरेको मुलुक अमेरिकातिरको यात्रा हुँदै थियो। सबै ठीक हुन्थ्यो भने आज (शुक्रवार) उनी बुटवलबाट काठमाडौं आएकी हुने थिइन्। त्यसैले बुधवार बिहान उनी भिडियो कलमा व्यस्त थिइन्।

तीन वर्षअघि अनिताको बुटवल उपमहानगरपालिका १३ स्थित ढावहलवामा विवाह भएको थियो। माइतीघर खासै टाढा थिएन। जुन दिन भिडियो कल गरेकी थिइन् विदा हुन् लागि त्यसै दिन माइती जाँदै थिइन्। उनको स्वागत र विदाई दुवैका लागि प्रतीक्षारत थिए सबैजना। १२ बजेतिर अनिताले 'एकछिनमा आइपुग्छु है...' भन्दै फोन राखिन्।

स्वभाविक नै हो, बावुआमाको आँखा उनी आउने बाटो तिर हुनु। किनकि त्यसपछि लामो समय सशरीर भेटको सम्भावना कम थियो।

प्रकाशित मिति: : 2021-10-08 18:02:00

प्रतिकृया दिनुहोस्