‘द भ्वाइस किड्स’ कात्तिक दोस्रो साताबाट सुरु हुने

Photo-NK
Photo-NK

नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन्। रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरु शो भित्र्याउन तत्पर छन्।

नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ। केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस किड्स पनि सुरु हुने भएको छ।

विश्वका १ सय १३ देशमा फ्रन्चाइज शोको रुपमा सञ्चालन भैरहेको रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो।

कात्तिक दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टिभीबाट प्रशारण हुने ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन्। अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

डिजिटल अडिसनमा १० हजारभन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ बर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी गराइने आयोजकले जनाएको छ।

‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन्।

प्रकाशित मिति: : 2021-10-09 13:32:00

प्रतिकृया दिनुहोस्