सहकारीका नाममा ठगी : एकै परिवारको ६४ करोड डुब्यो

कसरी ठगे सिभिल सहकारीका सञ्चालक पूर्वसांसद इच्छाराजले ?

रातोपाटी

राजेश भण्डारी

काठमाडौंको लगनटोलका देवनारायण महर्जन पेसाले माली हुन्। फूलको स्याहार गरेर कमाएको पैसा उनले कालीमाटीस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभमा जम्मा गरेका थिए। सो सहकारी नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङको हो।

सहकारीले महर्जनलाई दुई वर्षदेखि सावाँ र ब्याज दिएको छैन। यहीबीचमा सहकारीका सञ्चालक तामाङलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। सहकारीबाट ठगिएकाहरु आफ्नो पैसा पाउने आशामा तामाङलाई थुनिएको प्रहरी कार्यालयमा भिड लाग्न थालेका छन्। र, यही भीडमा भेटिए देवनारायण महर्जन।

डुबेको पैसा पाउने आशामा महर्जन शुक्रबार महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयमा पुगे। ब्यूरोका अधिकारीले ‘जाहेरी दिनु’ भनेपछि पूर्वसांसद तथा सिभिल सेभिङ्गस एण्ड क्रेडिट को अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङ बिरुद्ध देवनारायणले पनि लाइनमा बसेर जाहेरी दर्ता गराए।

प्रकाशित मिति: : 2021-10-09 17:26:00

प्रतिकृया दिनुहोस्