पियूष बने डान्स दिवाने विजेता 

file photo
file photo

डान्सिङ रियालिटी शो 'डान्स दिवाने'को तेस्रो सिजनको विजेता पियूष गुर्बेले बनेका छन्। कलर्स टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको शोमा उनीसहित छ जना फाइनलमा पुगेका थिए।

पियुसका पार्टनर बनेका रूपेश बाघमरे पनि खुसी छन्। सोहेल खान-विशाल सोनकर, गुञ्जन सिन्हा-सागर बोरा, अमनकुमार राज-योगेश शर्मा, सोमान्स डंगवाल-आकाश थापा, पीयूष गुर्बेले-रूपेश सोनी र सूचना चोर्ज-वैष्णवी पाटिल अन्तिम छमा पुगेका थिए। पियूष शोमार्फत नै आफ्नो लोकप्रियता कायम गर्ने प्रतियोगीमा पर्छन्।

शोमा आउने हरेक गेस्टसँग उनले डान्स गर्ने गरेका थिए। उनलाई 'दिलीप कुमार'झैँ देखिएको प्रतिक्रिया सेलिब्रेटी गेस्टले दिने गरेका थिए। 

शो विजेता बनेसँगै पियूष-रूपेशले ४० लाख भारु नगद र मारुती सुजुकी एस्प्रेसो कार जितेका छन्। यस सिजनमा १८ डान्स दिवाने चयन भएका थिए। शोमा राघव जुयाल तथा हर्ष लिम्वान्चिया र भारती सिंहले होस्टको भूमिका निर्वाह गरेका थिए।

यस्तै, शोमा माधुरी दीक्षित, धर्मेश येलांडे र तुषार कालिया निर्णायकका रूपमा रहेका थिए। तेस्रो सिजन ६६ एपिसोडसम्म प्रसारण भएको छ।

प्रकाशित मिति: : 2021-10-11 20:58:00

प्रतिकृया दिनुहोस्