अभिनेत्री लक्ष्मी बर्देवाको दसैँ : सासू–ससुराबाट टीका थाप्न पाइएन

दसैँका १० किस्सा : तासमा जित्नेदेखि पैसा भेटाउनेसम्म

रातोपाटी

कुवेर गिरी

राम्रो अभिनय कौशल भएकी अभिनेत्री हुन् लक्ष्मी बर्देवा। त्यसैले होला, काममा उनी सधैँ ब्यस्त छिन्। फिल्मका निर्माता, निर्देशकको रोजाइमा पर्न सफल उनको म्युजिक भिडियो, विज्ञापनमा पनि धेरै नै डिमान्ड छ। तर, उनी छानेर, कमै मात्र अभिनय गर्छिन्।

पछिल्लो समय ‘सेल्फी किङ’ मा अभिनेता विपीन कार्कीको जोडीका रुपमा देखिएकी बर्देवाले ‘माला’ बाट अभिनयमा डेब्यु गरेकी हुन्। छोटो समयमै दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी उनी थियटर कलाकार पनि हुन्।

अहिले पनि बर्देवाका ‘चपली हाइट ३’, ‘प्रेम गीत ३’, ‘अनन्त’ लगायत ४ वटा फिल्म प्रदर्शन हुन बाँकी छन्। अभिनयबाट सबैको मन जित्न सफल लक्ष्मी चाडपर्व प्रेमी हुन्। उनको मनपर्ने चाड मध्य दसैँ पनि एक हो। बच्चादेखि दसैँसँग बर्देवाको विशेष लगाव रहँदै आएको छ। दसँै आफ्नो मनपर्ने चाड भएको बताउने उनका विगतको दसैँलाई यसरी सम्झन्छिन्।

प्रकाशित मिति: : 2021-10-13 15:13:00

प्रतिकृया दिनुहोस्