ऊर्जामन्त्री भुसाल– जसले सरकारको थोरै भए पनि साख जोगाइन् !

लोकान्तर

काठमाडाैं
सुशील पन्त

गएको असार २९ गते साँझ राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ गर्नुभन्दा एक घण्टा अगाडिसम्म पनि पम्फा भुसाललाई कुन मन्त्रालय हो भन्ने थाहा थिएन । जब आफूले सम्हाल्ने मन्त्रालयको टुंगो लाग्यो तब भुसाललाई ऊर्जा, जलस्रोत र सिञ्चाइ मन्त्रालयमा गएर जनताले प्रत्यक्ष राहत अनुभूति गर्ने खालको के गर्न सकिएला भन्ने हुटहुटी शुरू हुन थाल्यो । 

दशक लामो सशस्त्र जनयुद्ध र पटक–पटकका शान्तिपूर्ण आन्दोलनबाट यति ठूलो राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तरमा खासै परिवर्तन हुन नसकेको कुराले उनलाई उद्वेलित बनाइरहन्छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारी र व्यवसायीहरूप्रति सर्वसाधारणले जनताले गर्ने टिप्पणीबारे उनी बेखबर छैनन् । 

राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिएर घर फर्किँदै गर्दादेखि नै उनले अठोट गरिन्– जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको केही काम गरौं । ऊर्जा र सिञ्चाइ मन्त्रालय यस्तो हो, जसले नेपालको बहुसंख्यक जनसंख्यालाई जोड्छ । गरीब किसानदेखि धनी उद्यमी सम्म । 

नेपालको जनसंख्याको झण्डै दुईतिहाइ जनसंख्या कृषिमा आश्रित छ, जसलाई सिञ्चाइ अनिवार्य छ । र, नेपालका ५० लाख घरपरिवार विद्युत्को पहुँचमा जोडिएका छन् । यो दुवै क्षेत्रलाई सम्बोधन गर्न उनले केही नयाँ कार्यक्रम ल्याउने निधो गरिन् ।

प्रकाशित मिति: : 2021-10-20 14:07:00

प्रतिकृया दिनुहोस्