रक्तचाप नियन्त्रण गर्न हिँड्न जरुरी !

Pinterest.com
Pinterest.com

रक्तचाप नियन्त्रण गर्न तथा मोटपनाको समस्याबाट छुटकारा पाउनका लागि हिँड्नु फाइदाजनक हुने अध्ययनले देखाएको छ। 

हिँड्नु शरीरका लागि धेरै तरिकाबाट लाभ हुने विभिन्न अध्ययनले देखाएको छ। तर वैज्ञानिकहरूका अनुसार कुन गतिमा हिँडिएको छ, त्यसमा पनि निर्भर हुने हुन्छ। 

रक्तचाप घटाउनका लागि तीन मिनेट, मुड सुधार गर्नका लागि पाँच मिनेट, रगतमा चिनीको मात्रा घटाउनका लागि १५ मिनेट र शरीरको बोसो घटाउनका लागि खाना खाएपछि ३० मिनेट, मुटुरोगको जोखिम कम गर्न ४० मिनेट हिँड्नु फाइदाजनक हुने देखिएको छ। 

त्यस्तै, युनिभर्सिटी अफ क्यालिफोर्नियाले ६ हजार महिलाहरूमा गरेको अध्ययनअनुसार दैनिक चार किलोमिटर हिँड्ने महिलामा स्मरणशक्ति घट्ने जोखिम वा अल्जाइमरको जोखिम १७ प्रतिशतले घट्छ। 

वैज्ञानिकहरूका अनुसार राति सुत्नु र बिहान हिँड्नुको बीच पनि एक सम्बन्ध हुन्छ। अमेरिकाको फ्रेड हचिन्सन रिसर्च सेन्टरले गरेको अनुसन्धानले ५० देखि ७५ वर्ष उमेरका मानिस दैनिक एक घन्टा बिहान हिँड्दा उनीहरूमा अनिद्राको समस्या हट्ने पत्ता लगाएको छ।

ब्रिटिस जर्नल स्पोर्ट्समा प्रकाशित अनुसन्धानअनुसार हिँड्दा शरीरमा दुखाइ हटाउने एन्डोर्फिन हार्मोन उत्पादन हुन्छ जसले धेरै तरिकाले फाइदा पुर्‍याउँछ। हिँड्दा मस्तिष्कमा रक्तसञ्चार बढ्छ। 

अन्वेषकहरूका अनुसार हिँड्नाले रक्तचाप र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ। यसले मुटुरोग, मधुमेह र फोक्सोको रोगको जोखिमलाई पनि घटाउनले गर्छ।

प्रकाशित मिति: : 2021-10-20 15:45:00

प्रतिकृया दिनुहोस्