माओवादी केन्द्र र नेकपा (विप्लव) का अधिकांश कार्यकर्ता एमाले भएको जिल्ला अध्यक्ष बलम्पाकीको दाबी

माओवादी केन्द्रबाट रामबहादुर थापा 'बादल' नेतृत्वमा एमाले प्रवेश गरेर एमाले केन्द्रीय सदस्य एवम् महोत्तरी जिल्ला अध्यक्ष टेकहादुर बलम्पाकीले पूर्वमाओवादी केन्द्र र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका अधिकांश कार्यकर्ता एमालेमा समाहित भएको बताएका छन्।

उनले विप्लव नेतृत्वको नेकपाका प्रदेश २ का सबैजसो नेता–कार्यकर्ता एमाले प्रवेश गरेको दाबी गरे।

महोत्तरीमा चार वटा प्रतिनिधिसभा चुनाव क्षेत्र, आठ प्रदेशसभा क्षेत्र, १५ पालिका र १४१ वडा रहेका छन्। ती सबैबाट माओवादी केन्द्रका ७ हजार नेता कार्यकर्ता एमालेमा समाहित भएको उनको दाबी छ।

माओवादीकेन्द्रका प्रदेश कमिटी सदस्य राजेन्द्र साह, रामआधार कापर, बलिराम यादव, भरत यादव, राजकिशोर यादव, लक्ष्मण मण्डल, फाल्गुन सुस्लिङ्, केदार बस्नेत, प्रेमध्वज लामा, बिकरू पासवान, कासिम नदाफ, समीर राना, तेजप्रसाद अधिकारीलगायत नेता–कार्यकर्ता पनि औपचारिक रूपमा एमालेमा समाहित भएको बलम्पाकीले बताए।

नेकपा (विप्लव) को केन्द्रीय सल्लाहकार बलबहादुर बलम्पाकी, महोत्तरी सेक्रेटरी भीमबहादुर आले, सिरहा-सप्तरी इञ्चार्ज अमर धमला, महोत्तरी इञ्चार्ज रूपेश कार्की औपचारिक रूपमा एमाले प्रवेश गरेका छन्। बलम्पाकीले एमालेमा समाहित पूर्वमाओवादी कार्यकर्ताको फेहरिस्त नै प्रस्तुत गरे।

उनका अनुसार, विप्लवको पूर्व महोत्तरी इञ्चार्ज प्रेमबहादुर राना, विप्लवकै महिला संगठन अखिल नेपाल महिला संघको जनपुर ब्युरो संयोजक सर्लाहीकी रीता मैनाली पनि एमाले भएका छन्।

विप्लवकै युवा संगठन नेपाल महोत्तरी जिल्ला संयोजक र केन्द्रीय सदस्य सत्यनारायण महतो पनि एमाले प्रवेश गरेका छन्। उनीहरू सबै जना एमालेको असोज १५-१७ गतेसम्म चलेको विधान महाधिवेशनमा प्रतिनिधि बनेर गोदावारी गएको नेता बलम्पाकीले बताए।

त्यस्तै विप्लवबाट सिरहाबाट माया तामाङ, नेपाल महिला संघ क्रान्तिकारी पृथीमाया थापा, विप्लवको महोत्तरी जिल्ला सदस्य श्याम आले, रामबहादुर थापालगायत एमाले प्रवेश गरिसकेका छन्।

विप्लवकै अखिल नेपाल महिला संघको महोत्तरी जिल्ला सचिव उषा श्रेष्ठलगायत पनि एमाले प्रवेश गरेको नेता बलम्पाकीले जानकारी दिए।

विप्लव नेतृत्व नेकपाका महोत्तरी जिल्ला सदस्य तथा तामाङ् मुक्ति मोर्चाका केन्द्रीय सदस्य हेमलाल तामाङ र बाबुलाल लामा पनि औपचारिक रूपमा एमाले प्रवेश गरेका छन्।

बलम्पाकीका अनुसार विप्लवका दिलबहादुर बलम्पाकी र राजु दर्लामी पनि एमाले बनेका छन्। बलम्पाकीले भने, 'अहिले एमाले प्रवेशको लहर नै चलेको छ।'

माओवादी केन्द्रका प्रभावशाली नेताहरू रूद्र किङ्ररिङ र विन्दु किङ्रिङ् पनि एमाले प्रवेश गरेका छन्। राजपाका केन्द्रीय सदस्य गिरिजानन्दन मिश्र र राजेश झा पनि एमाले छिरेका छन् भने जनमुक्ति पार्टीका केन्द्रीय सदस्य कुमार सुस्लिङ् र शम्शेर जर्घा पनि एमाले प्रवेश गरेका छन्।

प्रकाशित मिति: : 2021-10-20 16:24:00

प्रतिकृया दिनुहोस्