अविरल वर्षाले हुम्लामा २० घर भत्किए

आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन्।  एक सय घर उच्च जोखिममा परेका छन् ।

सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएकाे र १० घरमा आंशिक क्षति पुगेकाे वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए।  ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिकाे अनुमान गरिएकाे उनले बताए। 

सर्केगाड-२ रिप गाउँमा एक घर भत्किएको छ।सर्केगाड-४ को साँयामा ११ घरमा क्षति पुगेकाे छ।

अदानचुली गाउँपालिका-१ को कल्खेमा पहिराेले तीन घरमा क्षति गरेको छ।दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेकाे प्रहरीले जानकारी दिएकाे छ। 

अदानचुली गाउँपालिका-४ मा लौठीका ३० घर पहिरोको उच्च जाेखिममा छन्। लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेकाे वडाध्यक्ष दत विष्टले जानकारी दिए।

सुरेस परियार

प्रकाशित मिति: : 2021-10-21 07:12:00

प्रतिकृया दिनुहोस्