भारतीय रियालिटी शो ‘बिग बोस: १५’ दर्शकहरुसामु निक्कै चर्चित छ। शोमा केहीँ जोडी बनिरहेका छन्। जसको ‘लव स्टोरी’ लाई देखाइरहेको छ।
अब शमिता शेट्टीलाई पनि जोडीमा देखाइने तयारी भएको छ। शोमा अभिनेत्रीको राम्रो प्रर्दशनका कारण मेकर्शले उनका लागि राकेश बापटलाई ल्याउने भएका छन्। जोसगँ शमिता ‘बिग बोस ओटीटी’ मा भेट भएको थियो।
जहाँ उनीहरुलाई जोडीको रुपमा देखाइएको थियो। रिर्पोटका अनुसार राकेश शोमा आउने तयारीमा छन्। राकेश र शमिताले स्वयमले नै एकअर्कालाई मनपराउने कुरामा सहमति जनाएका थिए।