सरकारको कामप्रति गगन थापा असन्तुष्ट 

File photo
File photo

नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। 

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले काममा गति पक्रन नसकेको भन्दै सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन्। 

सरकारले काम गर्न नसकेको बताउदैँ उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं। जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ। फेरी हामीले अब अर्को मौका खेर फाल्दैछौ कि भन्ने डर लाग्न थालेको छ, यो बेला सम्हालिनु पर्नेछ। हाम्रा अगाडि केही मौकाहरु अहिले पनि छन्।’ 

त्यस्तै थापाले विद्युत खपत बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोच्नुपर्ने भन्दै उनी भन्छन्, ‘विद्युत खपत बढाउने बेला आएको छ, त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडि ल्याउन ढिला गर्न हुदैँन।’

प्रकाशित मिति: : 2021-10-22 15:22:00

प्रतिकृया दिनुहोस्