'घटेको शेयर बजार बुल मार्केटभित्रको सामान्य करेक्सन मात्रै हो, बजार अझै बढ्छ' (भिडियोसहित)

शिलापत्र

काठमाडौं

सम्झना घिमिरे

शेयर बजार परिसूचक नेप्से ३२०० अंकमा पुग्दा उत्साहित बनेका लगानीकर्ता नेप्से घटेर २५०० मा आइपुगेपछि निराश छन् । नेप्से उकालो लाग्न थालेसँगै बजारमा नयाँ लगानीकर्ता आए भने पूरा लगानीकर्ताले पनि लगानी बढाए । तर, छोटो समयमा २२ प्रतिशतले बजार घटेपछि कतिपय लगानीकर्ता शेयर बजारबाट विस्थापित हुनसक्‍ने आकलन गरिएको छ ।  

शेयर बजार विश्लेषकहरूले अझै बजार बढ्छ र बढ्ने समयावधि सकिएको छैन भनिरहेका छन् । यता नेप्सेको ओरालो यात्रा पनि राेकिएकाे छैन । लगानीकर्तामा त्रास बढेकाे बढ्यै छ । सँगै बजार अब कता जाला भन्ने कौतुहलता पनि छ । बजारकाे सम्भावित अवस्थाका विषयमा शेयर विश्लेषक विष्णु बस्यालसँग शिलापत्रले गरेको कुराकानीको सम्पादित अंश :

अहिले शेयर बजारको अवस्था कस्तो हो ? 

पहिलो चरणको लकडाउनका समयमा २९ जुन २०२० मा बजार खुल्यो । त्याे बेला ११ सय ५० को 'लो' (तल्लो विन्दुसम्म) झरेको नेप्से २०७८ भदौ महिनासम्म आइपुग्दा अधिकतम ३२ सय २७ सम्म पुग्याे ।  यो अवधिमा नेप्से १ सय ८० प्रतिशतसम्मले वृद्धि हुन पुग्यो । पछिल्लो समय घटेको बजारलाई पनि हेर्ने हो भने समग्रमा अझै पनि १ सय २० प्रतिशतको वृद्धि कायमै छ । 

प्रकाशित मिति: : 2021-10-25 15:20:00

प्रतिकृया दिनुहोस्