यो साता पनि हलिउड फिल्मकै भर, नयाँ नेपाली फिल्म रिलिज भएनन्

Photo : NK
Photo : NK

नेपालमा हल खुले पनि नेपाली फिल्म दर्शकले हेर्न पाएका छैनन्। डाँडाको वरपीपल र धन्दागिरी दसैँमा प्रदर्शनमा आए पनि त्यसमा दर्शकको आकर्षण देखिएन। फलस्वरूप नेपाली फिल्म हेर्न दर्शक हलमा आएनन्। किनकि यी फिल्म कोरोना भाइरसको महामारी अगाडि नै प्रदर्शनमा आए पनि व्यापार यस्तै नै हुन्थ्यो।

महामारीको मारमा रहेका हलमा दर्शकले हेर्न चाहेको नेपाली फिल्म प्रदर्शन नहुँदा हलिउडकै दबदबा रहेको छ। हलले विदेशी फिल्मकै भर परिरहेका छन् भने दर्शक पनि विदेशीमै रमाइरहेका छन्। फास्ट एन्ड फ्युरियस ९, जेम्स बोन्ड : नो टाइम टू डाइ पश्चात यो साताको शुक्रबार पनि बलिउडकै फिल्महरू रिलिज हुने भएका छन्।

‘भेनम स् लेट देयर बि कार्नेज’ र ‘ड्युन’ प्रदर्शन हुने जानकारी हलहरूले दिएका छन्। यी दुई नै हलिउड फिल्म हुन्। टम हार्डी स्टारर भेनमको पहिलो शृंखलाको सफलतापछि आएको दोस्रो सिरिजलाई प्रदर्शन भइसकेको अन्य देशमा रुचाइएको छ। फिल्ममा ब्ल्याक र रेड भेनमको रोमान्चक लडाइँ दर्शकले रुचाउने छन्। साइन्स फिक्सन र एड्भेन्चर जनराको भेनमले नेपाली सेन्सर बोर्डबाट पीजी प्रमाणपत्र पाएको छ भने तिमोर्थी चार्लामेट स्टारर एक्सनड्रामा ‘ड्युन’ले पनि पीजी नै पाएको छ।

आउँदो दीपावलीलाई लक्षित गर्दै नेपाली फिल्मतर्फ चोर पुलिस र धुम ४ रिलिज हुने घोषणा भएका छन्। यस्तै, भारतीय फिल्म ुसूर्यवंशीु प्रदर्शनमा आउने छ। यद्यपि यसको प्रदर्शन नेपालमा हुन्छ वा हुँदैन भन्ने अझै अन्योल नै छ। तर, हलिउड फिल्म मार्भल स्टुडियोको साङ्ची प्रदर्शन हुने भएको छ। यो फिल्म नोभेम्बर ५ मा नेपालमा प्रदर्शन हुनेछ। मार्भलका फ्यानले यसलाई हेर्ने विश्वास गरिएको छ। नेपाली बक्सअफिसमा घरेलु फिल्मको उपस्थिति लगभग शून्य झैँ भएकाले हलिउड फिल्मले मात्र हलको अस्तित्व जोगाइदिएका छन्।

 

प्रकाशित मिति: : 2021-10-28 13:48:00

प्रतिकृया दिनुहोस्