अभिनेता आर्यन सिग्देलले आफू महँगो कलाकार नभएको बताएका छन्।
उनले एक अन्र्तवार्तामार्फत आफूले सुहाउने पारिश्रमिक लिने गरेको बताउदैँ महँगो कलाकार नभएको बताएका हुन्।
उनले महँगो कलाकार हो भन्ने प्रश्नको उत्तर दिदैँ भनेका छन्, ‘म महँगो कलाकार होइन म आफूलाई सुहाउने पारिश्रमिक लिन्छु। कुनै पनि प्रोजेक्टमा काम गर्दा त्योबाट कति नाफा निस्कन्छ त्यही अनुसारको डिमाण्ड गर्ने हो। काम गरेपछि नाफा चाहिँ निस्केन भने निर्मातालाई मात्र दबाब दिएर हुँदैन।’
आफू सानो पर्दादेखि ठूलो पर्दामा आएकाले कुनै पनि काम ठुलो या सानो नलाग्ने उनको भनाई छ।