कीर्तिपुरमा खुल्यो ‘क्रितिपुर सिने प्लेक्स’

Photo : NK
Photo : NK

काठमाडौंको कीर्तिपुरमा अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल कीर्तिपुर सिने प्लेक्स संचालनमा आएको छ। फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुई वटा अडिटोरियम छन्।

अडिटोरियमको क्षमता दुई सय ८५ सिट रहेको छ। दुई अडिटोरियम भए पनि अहिले एउटा मात्रै संचालन हुनेछ। फिल्म हल शुभारम्भसँगै नेपाली फिल्म ‘आमा’ प्रदर्शन गरिएको छ। हल शुभारम्भ कार्यक्रममा नेपाली फिल्मका निर्देशक, निर्माता र कलाकारहरू सहभागी थिए। ‘आशा छ, फिल्म क्षेत्र बिस्तारै चलायमान हुनेछ,’ कार्यक्रममा संचालक महर्जनले भने।

थ्रिडी प्रोजेक्सनसहित जेभिएल ध्वनी जडान भएको हलमा नेपाली, हिन्दी, अंग्रेजी र नेवारी फिल्म प्रदर्शन गरिने छ। नेपालमै पहिलोपटक निरन्तर रुपमा नेवारी फिल्म देखाइन लागिएको हो। शुक्रबार पहिलो दिन हलिउड फिल्म भेनम, नेवारी फिल्म हिसिमती प्रदर्शन गरिएको छ। आउँदो साताबाट फिल्म ‘सूर्यवंशी’ प्रदर्शन गर्ने जनाइएको छ। 

थपिँदैछन् नयाँ हल 
यसैबीच चौडै नै क्युएफएक्सले दमौलीमा नयाँ हल संचालन गर्ने भएको छ। आफ्नै मापदण्डअनुसार तयार गरेर हल संचालन गर्ने तयारी गरिएको हो। यस्तै, दीपकराज गिरीको समूहले पनि नयाँ वानेश्वरमा हल संचालन गर्ने तयारी गरिरहेको छ। 

प्रकाशित मिति: : 2021-10-29 15:31:00

प्रतिकृया दिनुहोस्