पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेको छ। फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि उचालेका हुन्।
शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भयो भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ। प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको छ।
नेपाल टेलिभिजनले आयोजना गरेको प्रतियोगिता ९ महिनाअघिदेखि सुरु भएको हो। प्रतियोगिताको विजेताले २० लाख नगद सहित १ करोडको जीवन बिमा प्राप्त गरेका छन्। उप विजेताले १० लाख र ५० लाखको जीवन बिमा, तेस्रोले २ लाख र सान्त्वना हुनेले २ लाख नगद पाएका छन्।
उनीहरूलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गरे। नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले छिट्टै दोस्रो संस्करण ल्याउने घोषणा गरेका छन्।