भारतिय रियालिटी शो ‘बिग बोस–१५’ मा झैँ–झगडा हुनु साधारण कुरा हो। नरिसाउने मान्छेसमेत शोमा झगडा गर्न पछि पर्देनन्।
त्यस्तै शोमा चार हफ्तादेखि नै चुुप बसेका सिम्बा नागपालले उमर रियाजमथि हात उठाएका छन्। गएको एपिसोडमा ‘क्याप्टेन्सी’ टास्कका समयमा सिम्बाले रिसका झोकमा उमरलाई ‘आतंकवादी’ भनेका हुन्।
उनको यस बयानले शो बाहिर पनि बबाल मच्चिएको छ। दर्शकहरुले सिम्बालाई लगातार ‘ट्रोल’ गरिरहेका छन्। सिम्बालाई शोबाट बाहिर निकाल्न उनीहरुको माग छ।
यसै क्रममा उमरका सर्पोटमा उत्रिएका छन्, उनकै भाई असीम रियाज र हिमांशी खुराना। उनीहरु दुुबै जनाले उमरलाई ‘आतंकवादी’ भनेका कारण आपत्ति जनाएका छन्।
असीमले लेखेका छन्, ‘मलाई थाहा छ, उमर रियाजलाई यस घटनाले धेरै दुखी बनाएको छ, सबै राम्रो हुनुमा समय लाग्छ, राम्रोसँग गेममा ध्यान दिनु, तपाईलाई पावरको आवश्यक छ, तपाइले बलिदान दिनुपर्छ, तपाई आफैँ नै अगाडि बढ्नुुपर्छ, म तपाईलाई बचन दिन्छु एकदिन तपाई आफनो लक्ष्यमा पुुग्नुहुनेछ।’