भारतिय टेलिभिजनका चर्चित अभिनेत्री गौहर खान ‘बिग बोस–१५’ लाई फलो गरिरहेकी छन्।
पूर्व बिग बोस सदस्य अर्थात् बिग बोस–८ की बिजेता उनी सोशल मीडियामा शोका सदस्यहरुप्रति आफनो विचार व्यस्त गरिरहेकी हुन्छन्।
उनले जय भानुशालीको सर्पोट गदै भनेकी छिन्, ‘उनी शोमा धेरै राम्रो गरिरहेका छन्, र उनी कमजोर देखिएका छैनन्।’ गौहरले तेजस्वी प्रकाशलाई आइतबार ‘वीकेन्डका वार’ मा सलमान खानसँग गलत तरिकाबाट कुरा गरेकोमा झपारेकी थिइन्।
गौहरले ट्विट गदै लेखेकी छिन्, ‘तपाईको कुरा गर्ने तरिकाले तपाईले लडाई जित्न सक्नुहुन्छ र जितेको कुरा हार्न पनि सक्नुहुन्छ, तेजस्वी प्रकाश क्यूट हुनुको मतलब घमण्डी हुनु होइन, जयसँग राम्रो लोजिकल कुरा छ, दबाबमा नआउनु, तिम्रो छनौट छनौट अनि जयको छनौट चाहीँ सेफ खेल? वाह तेजा वाह!’