काठमाडौंमै मेरो भाइटीकाः अभिनेत्री रेखा थापा

File Photo
File Photo

रेखा थापा, अभिनेत्री

यसपालि कोरानाभाइरस संक्रमण घट्दै गएकाले अघिल्लो वर्षको भन्दा जनजीवन सामान्य हुँदै गइरहेको छ। त्यसैले यसपालि तिहार अलि खुलेर मनाउन पाइँदै छ। तर, पनि हामीले सजकता भने अपनाउनै पर्छ। मलाई रंगोली बनाउन आउँदैन। यसपालि लक्ष्मीपूजामा ‘ट्राइ’ गर्छु।

मम्मीसँग मिलेर सेल पकाउने, घरमा बत्ती लगाउने, फूलहरू सजाउने गर्छु। 

मलाई देउसीभैलो खेलेको हेर्न बडो आनन्द लाग्छ। सानोमा त खुब खेल्थेँ। अचेल त हेर्न रमाइलो लाग्छ। यसपालिको भाइटीका पनि काठमाडौंमै मनाउँछु।

मेरा दुई जना दाइ हुनुहुन्छ, विराटनगरबाट एक जना दाइ टीका लगाउन आउनु हुन्छ। मैले टीका लगाउने गरेका कतिपय दाइभाइहरू बाहिर छन्। त्यसैले यसपालि सबैसँग टीका हुन्न होला।

प्रकाशित मिति: : 2021-11-05 16:51:00

प्रतिकृया दिनुहोस्