कसरी लेखियो मदन पुरस्कार जित्ने पुस्तक?

हिमाल खबर

काठमाडौं

मदन पुरस्कारका लागि शीर्ष नौमा परेपछि पुस्तकको चर्चा र बिक्री बढ्यो। पुरस्कार घोषणाको हप्ता दिनभित्र सबै पुस्तक सकियो। त्यसपछि साझा प्रकाशनले पुस्तकको दोस्रो संस्करण प्रकाशन गरेको छ।

२०७७ सालको मदन पुरस्कार मेरो कृति लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहले पाएको छ। मैले पुरस्कार पाएसँगै ऐतिहासिक कागजातको खोज-अनुसन्धान गर्ने अन्य व्यक्तिलाई पनि उत्प्रेरणा जगाउने अपेक्षा गरेको छु। मेरो यहाँसम्मको यात्रा भने बेग्लै छ।

मेरो जन्मथलो तेह्रथुमको आठराई हो। जागीरका लागि लोक सेवा आयोग पास गर्न नेपालको इतिहासको गहन अध्ययन गर्नु पर्थ्यो। त्यसैवेला सेन तथा शाह राजाहरूबाट प्रदान गरिएका सरलीकृत स्याहामोहर र लालमोहरहरू छापिएको देख्दा लिम्बुवानमा भएका दस्तावेजहरू खोज अनुसन्धान गरी प्रकाशमा ल्याउने अभिलाषा जाग्यो।

प्रकाशित मिति: : 2021-11-10 16:54:00

प्रतिकृया दिनुहोस्