काँग्रेस अधिवेशन: क्षेत्रीय सभापतिमा डाँगी र प्रदेश सभापतिमा बस्नेतको उम्मेदवारी

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा दाङमा चुनावी गतिविधि बढ्दै गएको छ। नयाँ नेतृत्वका लागि नेताहरुले आ–आफ्नो दावी गरिरहेका बेला दाङकाे संघीय क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा चित्रबहादुर डाँगी ‘निर्मल’ र संघीय क्षेत्र नं. २ (ख) प्रदेश सभापतिमा अभियान बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्।

बुधवार घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा एक कार्यक्रमकाबीच उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन। नयाँ संरचनामा पार्टीलाई संगठित, क्रियाशिल बनाउदै पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई हटाउनका लागि आफूहरुले उम्मेदवारी घोषणा गरेको दुवै नेताले बताए।

साथै उनीहरुले पार्टीलाई तल्लो तहसम्म संगठित गर्दै पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवादको अभियानलाई जनतासम्म पुर्‍याउनका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

उम्मेद्वारी घोषणा गर्दै प्रतिनिधिसभा क्षेत्रीय सभापतिका उम्मेदवार चित्रबहादुर डाँगी (निर्मल)ले पार्टीलाई संगठित, व्यवस्थित बनाउँदै पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गरेर आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजयी गराउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए। त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बिजयी गराउन समेत उनले आग्रह गरे।

उनले आफूहरुको उम्मेदवारी कांग्रेसको नेता तथा कार्यकर्ताहरुको चाहना अनुसार भएको बताए। २०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा साविकको नारायणपुर गाविस वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित भएदेखि हालसम्म पार्टीले खटाएर अनुसार विभिन्न पद र संसघस्थामा बसेर काम गरेकाले अहिले संघीय क्षेत्र नं.२ मा आफ्नो उम्मेदवारी रहेको बताए। 

अहिले घोराही उपमहानगरपालिका वडा नं. १० का  वडा अध्यक्ष समेत रहेका डाँगी नारायणपुर उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए।

त्यस्तै संघीय क्षेत्र नं. २ (ख) का उम्मेद्वार अभियान बस्नेतले तल्लो तहसम्म पार्टी संरचनालाई संगठित र व्यवस्थित गर्दै सवै वडाहरुमा पार्टी कार्यालय स्थापना गर्नका लागि आफुले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए।

नेपाल तरुण दल दाङको कोषाध्यक्ष, नारायणपुर उद्योग बाणिज्य संघको अध्यक्षलगायत पार्टीको निर्देशन अनुसार विभिन्न जिम्मेदवारीमा बसेर काम गरेकाले पार्टीको १४औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ। त्यसका लागि सहयोग गर्न समेत बस्नेतले आग्रह गरे।

प्रकाशित मिति: : 2021-11-10 19:35:00

प्रतिकृया दिनुहोस्