टिकटककी डेन्टिस्ट

रातोपाटी

काठमाडाैं

सोसल मिडिया प्ल्याटफर्म अल्लादिनको ‘म्याजिक ल्याम्प’जस्तै हो । सबैले यसलाई घोटेर  भाग्यमानी हुन चाहन्छन् । धेरैलाई त अल्लादिनको मुख्यपात्र जिनीले अकल्पनीय वरदानसमेत दिएको छ । यस्तै वरदान पाउनेमध्ये एक हुन्, २३ वर्षीया दन्त चिकित्सक दीक्षा सापकोटा । 

प्रायःले टिकटकमा लिप सिङ्गिङ, अभिनय, नृत्य, हँसी–मजाक गरेको भिडियो पोस्ट गर्छन् । मनोरञ्जनका लागि दीक्षाले पनि सुरूमा टिकटकमा त्यही गरिन् । असाध्यै फोटोजेनिक उनका भिडियोले सुरुमै राम्रै दर्शक बटुल्न सफल भए । तर आफूले आफैलाई ‘रिक्रिएशनल र फन लभिङ पर्सन’ भन्न रुचाउने उनी ६ महिना अघिसम्म सोसल मिडियामा हल्काफुल्का ‘कन्टेन्ट’मै रमाइन् । 

टिकटकमा रस बस्दै गएपछि उनले आफूले समय बिताउने टिकटकबारे पनि खोजतलास गर्न थालिन् । यसले उनलाई यसको ट्रेन्ड र प्रभावकारिताबारे पनि अवगत भयो । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा लागेका विज्ञले टिकटकमा कति सजिलै  जानकारीमूलक भिडियो हालेको देखेर सुरुमा त उनी छक्कै परिन् । सोचिन्, ‘ओ, आइ क्यान अल्सो डु डिस्, आइ क्यान हेल्प पिपल’ । उनका औँला किप्याडमा दौडिए । के नेपालमा पनि कसैले यस्तो गरिरहेको छ त ? थाहा पाइन्, सोसल मिडियामा यस्ता जानकारी दिने विज्ञ वा व्यक्तित्व निकै कम रहेछन् । मनमनै गमिन्, ‘अब आफूलाई थाहा भएको कुराबारे पनि भिडियो बनाउँछु ।’ 

प्रकाशित मिति: : 2021-11-20 11:34:00

प्रतिकृया दिनुहोस्