हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ ले प्रदर्शनको अनुमति पाएको छ।
देशका हिमाली क्षेत्रहरुमा प्रचलित बहुपति प्रथामा आधारीत चलचित्र ‘टुल्की’ ले बुधवार केन्द्रिय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो।
सेन्सर बोर्डका पदाधिकारीले हेरेपछि सम्पुर्ण चलचित्र प्रेमी दर्शकहरुले अभिभावका साथ बसेर हेर्न मिल्नेगरी प्रमाण–पत्र दिएको निर्माता शेखर लामाले जानकारी दिए।
द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको लामाले बताए।
त्यतिमात्र नभई एक ब्रामण बस्तीमा जन्मेकी ‘टुल्की’ ले प्रेम बिवाह गरेर उपल्लो डोल्पा जाँदा सँस्कारको नाममा भोग्नु परेको कहालि लाग्दो पिडालाई चलचित्रमा उतारीएको उनको भनाई छ।
चलचित्रमा निर्देशन तथा छायाँङ्कन देवजंग थापाको रहेको छ भने शेखर लामा र आर.पी कर्मचार्यको लगानी रहेको छ।कथा भने लक्ष्मण सुनारले लेखेकाहुन्।
चलचित्रमा शिशिर वाङ्देल,स्वस्तिमा कार्की,सोफिया लिम्बु,नरेन्द्र तामाङ्,सोम लामा,शेखर लामा,सौजन सुब्बा,भक्तसिँह कठायत, रत्नप्रसाद न्यौपाने लगाएतका कलाकारहरुको अभिनय रहेको छ।
करिव ४ बर्षको अध्ययन पछि निर्माण गरिएको उक्त चलचित्र पहिले विभिन्न देशमा प्रदर्शन गरिसकेपछिमात्र नेपालमा गरिने निर्माण पक्षले जनाएको छ।
अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत चलचित्र प्रदर्शन गरिने बताइएको छ।