ओली निर्विकल्प, अरू मुख ताक्दै

नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्। 

त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त ? भन्ने प्रश्न यसले उब्जाएको छ। 

पार्टी नेताहरू ओलीकै पक्षमा खुलिरहेका छन्। ‘यो अवस्थामा अध्यक्षमा केपी ओलीको विकल्प हुने कुरै भएन। अहिलेको परिस्थितिमा ओली एमालेका लागि मात्रै होइन, देश र जनताका लागि आवश्यक हो’, एमाले नेता सुवास नेम्वाङ भन्छन्, ‘सर्वसम्मत हुनु पर्‍यो भन्ने नै हो। तर, भएन भने त चुनावमा जानै पर्‍यो नि !’

प्रकाशित मिति: : 2021-11-26 07:54:00

प्रतिकृया दिनुहोस्