चर्चित लोक दोहोरी गायिका राधिका हमाल काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। रोल्पाबाट महाधिवेशन प्रतिनिधिको चुनाव लडेकी हमाल महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन्।
हमालले खुला महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएकी थिइन्।
चार जना महाधिवेशन प्रतिनिधि चयन हुने खुल्ला महिला कोटामा ८ जनाको उम्मेद्वारी परेको थियो। खुल्ला महिला कोटाबाट टीजा विष्ट (क्षेत्री) ४५०, पार्वती बुढाथोकी ४०३, मिश्रीकुमारी हमाल ४१३ र लालकुमारी वली (पुन) ४०६ मत प्राप्त गरी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनिएका छन्। भने
श्रीकुमारी घर्ती (रोका) ३७३, देवा आचार्य ३३० भिमकुमारी बुढा ३४० र राधिका हमाल ३२६ मत प्राप्त गरी पराजित भएका छन्।