दुई लाख अमेरिकी डलरसहित कास्कीबाट तिब्बतियन नागरिक पक्राउ

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

दुई लाख अमेरिकी डलर नगदसहित तिब्बतियन एक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो प्रक्राउ गरेको हो। 

ती व्यक्तिलाई विशेष सूचनाका आधारमा तनहुँ र कास्कीको सीमाना मजुवाबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘ती व्यक्तिले अवैध रुपमा अमेरिकी डलर बोकेर हिँडेको भन्ने विशेष सूचनाका आधारमा हामीले पक्राउ गरेका छाैँ’, डीएसपी महेन्द्र मर्सानीले बिएल नेपाली सेवासँग भने, ‘दुई लाख अमेरिकी डलर बरामद गरिएकाे छ, बाँकी अनुसन्धानपछि थाहा होला।’

 

प्रकाशित मिति: : 2021-11-26 17:16:00

प्रतिकृया दिनुहोस्