स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाको नयाँ पुस्तक 'जनताको बहुदलीय जनवाद: फरक बहस' बजारमा आएको छ।
नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनले पारित गरेर अपनाएको मार्गदर्शन 'जबज'माथि आलोचनात्मक टिप्पणी गरिएको यस पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका आरोह-अवरोहदेखि जबजको यो तीन दशकमा गरिएको अभ्यासमा देखिएका कमी कमजोरीबारे विश्लेषण गरिएको छ।
तीनवटा खण्ड रहेको पुस्तकमा जबज पूर्ण दस्ताबेज पनि समावेश छ। इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २९९ रुपैयाँ छ।