पूर्व मन्त्री दल रावल एमाले केन्द्रीय सदस्यमा निर्वाचित

नेकपा (एमाले)काे दशाैँ राष्ट्रिय महाधिवेशनबाट पूर्व मन्त्री दल रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। हुम्ला जिल्ला कमिटीका अध्यक्ष समेत रहेका उनी चितवनमा सम्मपन्न महाधिवेशनबाट निर्वाचित भएका हुन्।

कर्णाली प्रदेशको पहिलो सामाजिक विकास मन्त्री भएर तीन वर्षसम्म कर्णालीको स्वास्थ्य, शिक्षालगायतकाक विभिन्न क्षेत्रमा उल्लेखीय काम गरेका रावल कर्णालीमा रुचाइएका नेता हुन्।

स्कुले जीवनदेखि नै राजनीति थालिसकेका थिए– दल रावलले। उनी कक्षा ९ पढ्दा नै २०४४ सालमा साँयाबाट राजनीतिक संगठनमा आवद्ध भइसकेका थिए, एकताकेन्द्र–मसालको। काठमाडौंमा आएपछि पनि उनी अनेरास्वीयूसँग जोडिएका थिए।

निष्पट अँध्यारोमा बलिरहेको दीयो अर्थात् हुम्लाका जनप्रतिनिधि रावल (भिडियाेसहित)

प्रकाशित मिति: : 2021-11-30 19:46:00

प्रतिकृया दिनुहोस्