पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ: भीम रावल

File Photo
File Photo

नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताएका छन्।

दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गरेको बताए।

त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्ट पारेका छन्।

रावलले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति: : 2021-12-01 15:47:00

प्रतिकृया दिनुहोस्