म्युनिख रेलवे स्टेशन नजिक बम विस्फोट हुँदा चार जना घाइते 

sven hoppe dpa via ap
sven hoppe dpa via ap

म्युनिख रेलवे स्टेशन नजिकै पुरानो विमान बम विस्फोट हुँदा कम्तिमा चार जना घाइते भएका छन्।

जर्मन प्रहरीले बुधबार सहरको पूर्वी भाग डोनर्सबर्गरब्रुक नजिकै निर्माण कार्यको क्रममा उक्त बम बिस्फोट भएको र धुवाँको मुस्लो उठेको देखिएको जनाएको छ। 
 
'डोनर्सबर्गरब्रुकको नजिक सुरुङको ड्रिलिङको क्रममा उक्त बम विस्फोट भयो,' म्यूनिख प्रहरीले ट्विटर मार्फत भन्यो।

'खतरा क्षेत्रलाई घेराबन्दी गरिएको छ, यस क्षेत्र बाहिर कुनै खतरा छैन,' उनीहरूले थपे, 'हाल ४० भन्दा बढी अधिकारीहरू यस क्षेत्रमा ड्युटीमा खटिएका छन् र हामीसँग दुईवटा हेलिकप्टरको सहयोग पनि छ।'

अर्को सूचना नभएसम्म नजिकैको स्टेशनमार्फत रेल सेवाहरू निलम्बित गरिएको छ। जर्मनीमा विश्वोयुद्ध समाप्त भएको ७६ वर्षपछि पनि निर्माण स्थलहरूमा काम गर्दा बारम्बार विस्फोट नभएका बमहरू भेटिने गर्छ। यस्ता नियन्त्रित विस्फोटहरूमा डिफ्युज वा डिस्पोजल हुन्छन्।

प्रकाशित मिति: : 2021-12-01 21:20:00

प्रतिकृया दिनुहोस्