मोरङ कांग्रेसको सचिवमा दुई मेयरकै हार

नेपाली कांग्रेस मोरङको सचिवमा उम्मेदवार बनेका दुई मेयरले पराजय भोगेका छन्।

१४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनमा सचिवका उम्मेदवार रहेका सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकाल र रतुवाईमाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन्।

जिल्ला सभापतिमा कोइराला पक्षका डिकबहादुर लिम्बु विजयी भए। यता कोइराला पक्षकै उम्मेदवार रहेका राईले भने हार व्यहोर्नु पर्यो। ढकाल संस्थापन पक्षबाट सचिवको प्रत्यासी बनेका थिए।

सस्थापन पक्षबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले १ हजार ८४ मत प्राप्त गरे।

कोइराला पक्षबाट उठेका रतुवामाई नगरपालिकाका मेयर राईले ४ सय ५५ मत प्राप्त गरे। जिल्ला सचिवमा निर्वाचित सभापति देउवा पक्षका मोदराज घिमिरेले १ हजार २ सय ३५ मत प्राप्त गरे।

यस्तै ललितबहादुर श्रेष्ठ १ हजार ५ सय ६९ मत प्राप्त गरि निर्वाचित भए।जिल्लाको उपाध्यक्षमा कोइराला पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए।

कोइरालाले १ हजार ९ सय ४० र थारूले १ हजार तीन सय ४३ मत प्राप्त गरे। सहसचिवमा भुवनेश्र मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भए।

प्रकाशित मिति: : 2021-12-02 11:44:00

प्रतिकृया दिनुहोस्