सर्वोच्चमा तमासा : प्रधानन्यायाधीश हुँदा पनि विवाद, नहुँदा पनि विवाद !

File Photo
File Photo

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसिएसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व (कायममुकायम प्रधानन्यायाधीश) नतोकिएको भन्दै बहस पैरवी नगर्ने निर्णयमा पुगेको हो।

बार र न्यायाधीशहरूको आन्दोलनका कारण प्रधानन्यायाधीश जबरा गोला प्रणालीबाट मुद्दा हेर्न राजी भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू बुधबारबाट काममा फर्किएका थिए।

तर नेपाल बारले कोरोना लागेर उपचार गराइरहेका प्रधानन्यायाधीश जबराले कायममुकायम नतोकेको भन्दै असन्तुष्टि जनायो। बारको असन्तुष्टिकै कारण बिहीबार साढे १२ (यो समाचार तयार पार्दा) सम्म गोलाप्रथाद्वारा इजलास गठन हुनसकेको छैन।

इजलास गठन हुन नसकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले नेपाल बार र सर्वोच्च अदालत बारका अध्यक्षलाई बोलाएर छलफल गर्‍याे।

छलफलमा कोरोनाका कारण बिरामी परेका प्रधानन्यायाधीश जबराले कायममुकायम जिम्मेवारी नतोकेको भन्दै जिम्मेवारी नतोकेसम्म बहसमा नजाने निष्कर्ष सुनाएर बाहिरिएका छन्।

मंगलबार जबराले अस्पतालबाटै पेसी तोकेका थिए भने बुधबारबाट गोला प्रणालीबाट पेसी तोकिएको थियो। बारले कायममुकायम नदिएर जबराले न्यायालयलाई नेतृत्वविहीन पार्न खोजेको भन्दै बहस नगर्ने अडान लिएको छ।

तर सर्वोच्च अदालत प्रशासन भने कोरोना भए १४ दिनसम्म कार्यालय जान नपर्ने र सो अवधि स्वतः बिदामा गठना हुने भन्दै जबरा बिदामा बसेको नभई कोरोनाकालको उपचार सुविधामा रहेको बताएको छ।

सर्वोच्च अदालतका एक रजिस्ट्रारका अनुसार यसअघि पनि सर्वोच्चका न्यायाधीशहरूलाई कोरोना संक्रमण हुँदा स्वतः उपचार सुविधा दिइएको र सो अवधि बिदामा गणना नभएको बताउँछ। यहीअनुसार राणा पनि उपचार सुविधामा रहेकाले उनी बिदामा बसेको भन्न नमिल्ने सर्वोच्च प्रशासनको दाबी छ।

प्रधानन्यायाधीशको अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १२९ को उपधारा ६ मा यस्तो व्यवस्था भए पनि नेपाल बारले जबराले कायममुकायम नतोकेको भन्दै आपत्ति जनाएको छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य जबरा बिरामी बिदामा रहेकाले कायममुकायम दिनुपर्नेमा त्यसो नगरेर न्यायालय नेतृत्वविहीन बनाइएकोमा आफूहरूको आपत्ति रहेको बताउँछन्। 

प्रकाशित मिति: : 2021-12-02 12:46:00

प्रतिकृया दिनुहोस्