राप्रपा महाधिवेशन : अध्यक्षबाहेककाे निर्वाचन भोटिङ मेसिनबाट

काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ।

बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ। नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए।

उनका अनुसार अध्यक्ष पदमा मतपत्र र बाँकी पदको निर्वाचनमा मेसिन प्रयोग गरिन लागेको हो।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको औपचारिक उम्मेदवारी घोषणा भएको छ।

महाधिवेशन सुरू भएको दोस्रो दिन भइसक्दा पनि प्रतिनिधिको टुंगो लागिसकेको छैन।

शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि बसेर महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउने प्रयास भइरहेको नेता केसीले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-12-02 13:39:00

प्रतिकृया दिनुहोस्