कांँग्रेस महाधिवेशनबाट अपेक्षा

गोरखापत्र

घनश्याम भट्ट

नेपाली कांँग्रेस महाधिवेशनको पूर्व तयारीमा जुटेको छ। कुनै पनि दलको महाधिवेशनले दलको नेतृत्वको चयन मात्रै गर्दैन, यसले देशमा भएका अनेक राजनीतिक, कूटनीतिक, आर्थिकलगायत सम्पूर्ण समस्या समाधानका लागि चाहिने बृहत् दृष्टिकोणको अपेक्षा पनि गर्छ। काँग्रेसमा अहिले सङ्घीयस्वरूप अन्तर्गतका थुप्रै मुद्दालगायतका अनेक विधामा स्पष्टता हुन अझै बाँकी छ।

नेतृत्वका लागि वैचारिक र रणनीतिक दृष्टिकोणको बहस काँग्रेसले सुरु गरेको छैन। तर पनि यथार्थ के हो भने नेपालमा भएका जनगणतन्त्रवादी, मधेसवादी, राजावादी, हिन्दुवादी र जनवादी आदि सबैले रुचाएर वा नरुचाएर लोकतन्त्र मानेका छन्, लोकतन्त्रको सम्मान पनि सबैले गरेकै छन् तर स्थापना कालदेखि केवल लोकतन्त्रको मुद्दामा राजनीति गर्ने दल काँग्रेस मात्रै हो। त्यसैले काँग्रेसको नेतृत्व चयन प्रक्रिया मात्रैले पनि लोकतन्त्रको विकासमा प्रत्यक्ष योगदान गर्छ।

प्रकाशित मिति: : 2021-12-07 08:17:00

प्रतिकृया दिनुहोस्