विमानस्थलबाट भित्र्याइएको सुन श्रमिकको हो कि तस्करको ?

अनलाइनखबर

काठमाडौँ

विदेशबाट नेपाल आउने यात्रुलाई दिइएको सुन ल्याउने सुविधा दुरुपयोग गर्दै एक सातामा ५७ करोड ३४ लाख २१ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ।

मंसिर १३ गते सोमबारदेखि १९ मंसिरसम्मको ७ दिनको अवधिमा एक हजार ५३० यात्रु सुन बोकेर नेपाल आएका थिए। उनीहरुले ७२ किलो ७ सय ग्राम छापावाल सुन नेपाल भित्र्याएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

फेला परेका सुनको भन्सार तिराएर यात्रुलाई नै फिर्ता दिइएको छ। तर यो सुन यात्रुले व्यक्तिगत प्रयोजनका लागि ल्याएका हुन् वा तस्करले भन्ने पहिचानमा भने सरकारले थप काम गरेको देखिन्न। अवैध भन्दै झिटिगुण्टा सुविधामा कर लगाउने तर सुन ल्याउने वास्तविक श्रमिक हुन् वा तस्कर भन्ने थप छानबिन नगर्ने सरकारी नीतिले थप संशय पैदा गरेको छ।

एक सातामा भित्रिएको सुन

भन्सार विभागले अगि्रम जानकारी गराएर सुनमा थालेको कडाइका बाबजुत पनि विमानस्थलबाट सुन भित्रिन रोकिएको छैन। भन्सारको एक साताको तथ्यांकले औसत दैनिक १० किलो सुन झिटिगुण्टा सुविधा दुरुपयोग गर्दै नेपाल भित्रिएको देखिन्छ।

दुबई, मलेसिया र कतारबाट मंसिर १३ देखि १९ गतेसम्म सुन बोकेर १५ सय ३० यात्रु नेपाल आएका थिए। मंसिर १३ गते ४ सय १५ जनाले २१ किलो, १४ गते २२१ यात्रुले ११ किलो सुन बोकेर नेपाल आए । मंसिर १५ गते ३२६ यात्रुले १५.१६ किलो सुन नेपाल भित्र्याए भने १६ मंसिरमा २११ यात्रुले ९.७७ किलो सुन बोकेर आए।

प्रकाशित मिति: : 2021-12-07 10:13:00

प्रतिकृया दिनुहोस्