यूकेमा नर्सको माग: नेपाललाई हुने चार फाइदा र चार बेफाइदा

बिबिसी

विष्णु पोखरेल

नेपाली नर्सहरूलाई यूकेमा रोजगारीबारे "प्रारम्भिक चरणका छलफलहरू भइरहेको" अधिकारीहरूले बताएका छन्।

अबको केही समयपछि त्यसको स्पष्ट खाका तयार हुने र चाँडै नै नेपाली नर्सहरूलाई यूके पठाउने क्रम सुरु हुने उनीहरूको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले चाहिँ अबको दुई महिनाभित्र नर्सहरू पठाउन सुरु गरिसक्ने बताएका छन्।

तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका साथै स्वास्थ्य क्षेत्रका कतिपय जानकारहरूले ठूलो मात्रामा दक्ष जनशक्ति विदेश पठाउँदा त्यसले देशलाई घाटा पुग्ने बताइरहेका छन्।

मन्त्री कृष्णकुमार श्रेष्ठले भने, "स्टाफ नर्सको कुरा अघि बढेको छ। दुई चरण कुराकानी भइसकेको छ। लगभग दुई महिना भित्रमा यूकेमा नर्स पठाउन सुरु गर्छौँ।"

तर यससम्बन्धी वार्तामा सहभागी एक अधिकारीले अझै धेरै प्रक्रियागत कुराहरू मिलाउन बाँकी रहेको बताएका छन्।

प्रकाशित मिति: : 2021-12-09 06:10:00

प्रतिकृया दिनुहोस्