फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक

फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ। 

हरर कथामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर बुधबार काठमाडौंमा एक कार्यक्रममा सार्वजनिक गरिएको हो।

केही दिनमै दोश्रो ट्रेलर पनि सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ। 

आगामी पुस १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन्।

फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कार्म, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ।

प्रकाशित मिति: : 2021-12-09 11:53:00

प्रतिकृया दिनुहोस्