फूर्ति लगाउनेहरुभन्दा म चर्को कम्युनिस्ट हुँ : रवीन्द्र मिश्र

रातोपाटी

अरुण बराल

नेपालको राजनीतिमा पुराना पार्टीहरूको भीडभाडमा केही वर्षयता वैकल्पिक शक्ति बन्ने दाबीका साथ विवेकशील साझा पार्टी पनि हाजिर छ । काँग्रेस,एमाले,माओवादी,समाजवादी,मधेसवादी र राप्रपाजस्ता दलहरु हुँदाहुँदै रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी किन चाहियो ?यो पार्टीको वैचारिक र सांगठनिक स्पेस के हो ?यो आइडियोजिकल प्रश्न लिएर हामी अध्यक्ष मिश्रलाई भेट्न उनको हेडक्वार्टरमा पुग्यौं ।

पछिल्लो समय विवेकशील साझा पार्टीमा देखिएको विवाद,यही साता कतिपय समूहसँग विवेकशील साझा पार्टीले गरेको एकीकरण लगायतका विषयमा चर्चा नगरी हामी विवेकशील साझा पार्टीको नीति र सिद्धान्तप्रति केन्द्रित भयौं । खासगरी काँग्रेस,कम्युनिस्ट र राप्रपा हुँदाहुँदै यो पार्टीले उनीहरु भन्दा कुनचाहिँ फरक वैचारिक धरातलमा टेकेर शक्ति आर्जन गर्न लागिरहेको हो भन्ने प्रश्न हामीले मिश्रमाथि राख्यौं । खासगरी मिश्रका पछिल्ला अभिव्यक्तिहरुले यो पार्टीलाई राप्रपासँग नजिक देखाएको हो कि भन्ने पनि हाम्रो जिज्ञासा रह्यो ।

बीबीसीका पूर्वपत्रकार समेत रहेका मिश्रले पछिल्लो समय नेपाली राजनीतिमा विशेष चर्चा पाउन थालेका छन् । खासगरी संघीयता खारेज गर्नुपर्ने र धर्म निरपेक्षताका सन्दर्भमा जनमत संग्रह गर्नुपर्ने उनको नीतिका कारण पार्टीभित्र बाहिरसमेत हलचल आएको छ । त्यस्तै उनले पछिल्लो समयमा कम्युनिस्टहरूको खरो आलोचना गर्न थालेका छन् । माओको फोटो पूजा गर्ने तर महेन्द्र राजालाई गाली गर्ने ?भन्दै मिश्रले अभिव्यक्ति दिन थालेपछि उनीमाथि कम्युनिस्ट समर्थकहरुले पश्चगामी आरोपसमेत लगाइरहेका छन् ।

प्रकाशित मिति: : 2021-12-09 21:53:00

प्रतिकृया दिनुहोस्