स्नोफ्लेक कूटनीति र लोकतान्त्रिक सम्मेलन

अनलाइनखबर

काठमाडाैं

ताइवानलाई यो सम्मेलनमा चीनको खोइरो खन्न बोलाइएको कुरा चीनलाई पनि रताइवानलाई बोलाउने पक्षलाई पनि थाहा छ । केही कालअघि चीनको खोइरो खन्न तिब्बती धर्मगुरु दलाई लामालाई डाकिन्थ्यो । शायद अब उनको बोली बिक्न छाडिसक्यो ।

डोनाल्ड ट्रम्पको राष्ट्रपतिकालमा अमेरिकी राजनीतिक वृत्तमा एउटा शब्द खूबै चर्चामा रह्यो, अझै उस्तै चर्चित छ – स्नोफ्लेक । नेपालीमा यसको शाब्दिक अर्थ हिउँको मुलायम कण हुन आउँछ । यसको राजनीतिक अर्थ भने केही भिन्न छ ।

भावनात्मक रुपमा ‘ओभर सेन्सेटिभ’ लिवरलहरूलाई हेप्न वा निचो देखाउन अमेरिकी दक्षिणपन्थीहरूले स्नोफ्लेक शब्दको प्रयोग गर्छन् । वामपन्थी लिवरलहरूले भावनात्मक रुपमा अत्यन्त कमजोर व्यहोरा देखाउने र सानो अफेन्स वा अपमानलाई पनि सहन गर्न नसक्ने अनि के के न भयो भने जस्तो गरी ठूलो प्रतिक्रिया जताइहाल्ने ट्रम्प समर्थक दक्षिणपन्थीहरू ठान्छन्- त्यसैले स्नोफ्लेक ।

एउटा उदाहरण- राष्ट्रपति बनेपछि ट्रम्पको विरोध र हिलारी क्लिन्टनको समर्थनमा लिवरल फेमिनिष्टहरू पिंक पुसीह्याट (गुलाबी रंगको ऊनीटोपी) लगाएर प्रदर्शनमा उत्रेका थिए । के निहुँमा ट्रम्पको विरोध वा क्लिन्टनको समर्थन गरिएको हो वा प्रदर्शनबाट के औचित्य पुष्टि गर्न खोजिएको हो वा प्रदर्शनबाट के परिणामको अपेक्षा गरिएको थियो, शायदै कोही प्रदर्शनकारीलाई थाहा थियो । उनीहरू त्यहाँ बस् अमेरिकी शैलीको लोकतान्त्रिक बाटोबाट ट्रम्पले जितेको कुण्ठा र आक्रोश पोख्न सडकमा उत्रेका थिए । उद्देश्यविहीन, औचित्यविहीन, अनि अकारण ।

प्रकाशित मिति: : 2021-12-10 16:13:00

प्रतिकृया दिनुहोस्