कांग्रेसको मञ्चमा कम्युनिस्ट रमिता

 कांग्रेसको १४औं महाधिवेशनले शुक्रबार कम्युनिस्ट नेताहरूलाई ‘पुनर्मिलन’ गराएजस्तो भयो। कांग्रेसलाई शुभकामना दिन आएका उनीहरू एकले अर्कालाई व्यंग्य गर्न भने छाडेनन्।

महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका बायाँतिर थिए। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल दायाँतिर बसेका थिए। 

दाहाल र ओली कुराकानी गरेजस्तो पनि देखिन्थे। जब कि दाहाल निम्तो पाएर पनि एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा गएका थिएनन्। एमालेले नेपाललाई त निम्तोसमेत गरेको थिएन।

यस्तै जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर सँगैको कुर्सीमा बसेका थिए। जब कि यी दुई नेता पनि पार्टी विभाजन गरेर अलगअलग भएका हुन्। त्यसमाथि राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले रोष प्रकट गरे।     

प्रकाशित मिति: : 2021-12-11 08:02:00

प्रतिकृया दिनुहोस्