सिनेमाको ‘पब्लिसिटी’: नाच्न नजान्ने, आँगन टेडो

अनलाइनखबर

काठमाडौँ

‘बोल्नेको पीठो बिक्छ १’ बजार-रणनीतिको यो उखान सिनेमाको हकमा भने लागू हुँदैन। सिनेमा जस्तो शक्तिशाली रचनात्मक विधामा ‘पीठो बेच्ने’ काइते दाउपेचले खास काम गर्दैन। यसैले सिनेमाको मार्केटिङरपब्लिसिटीमा ‘कुकुरको टाउको देखाएर खसीको व्यापार गर्ने’ मनसाय आफैंमा निर्धो हुनपुग्छ।

यद्यपि पब्लिसिटी एवं मार्केटिङ सिनेमाको एक अहं पाटो हो। सिनेमा निर्माण पछि र प्रदर्शन अघिको एउटा यस्तो प्रसव अवधि हुन्छ, जुन बखत झ्याली पिटेर सिनेमाको पब्लिसिटी गरिन्छ। ६० वर्षे इतिहास बोकेको नेपाली सिनेमा मात्र होइन, विश्व सिनेमाले गर्दै आएको अभ्यास हो यो।

भनिन्छ, हलिउड बिग बजेट सिनेमाले कुल निर्माणको आधा हिस्सा त ‘पब्लिसिटी’मा खर्च गर्छ। विश्वभरका स्क्रिनमा सार्वजनिक हुनुअघि उनीहरूले ठूलै हल्लीखल्ली मच्चाइसक्छन्। पोस्टर, टिजर-ट्रेलरको कुरा छाडौं, मोबाइल गेमसम्म यसको गतिलो औजार बन्न थालेको छ । बलिउड पनि प्रचारको मामलामा कम तगडा छैन।

प्रकाशित मिति: : 2021-12-11 14:18:00

प्रतिकृया दिनुहोस्