केपी ओलीको काँधमा 'बाच्छो' !

रातोपाटी

काठमाडौं

यतिबेला सोसल मिडियामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छाएका छन्। लिङ्देनसँगै उनको आलोचना गरेवापत केपी शर्मा ओली, प्रचण्ड र माधव कुमार नेपाल पनि चर्चामा छन्। तर, विशेष चर्चाचाहिँ केपी ओली र राजेन्द्र लिङ्देनको छ।

गाउँका जनताले नेताहरूलाई ‘चोर’ भन्छन् भन्ने लिङ्देनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समर्थन र विरोधका आवाजहरू मुखरित भएका छन्। राजेन्द्र लिङ्देनले सही भनेका हुन् भन्नेहरूको सङ्ख्या पनि फेसबुक र ट्विटरमा उत्तिकै व्याप्त छ। नेताप्रति जनतामा घृणा बढ्दो छ भन्ने आधारका रूपमा सामाजिक सञ्जालका प्रतिक्रियाहरूलाई लिन सकिन्छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जसरी राजतन्त्रको वकालत गरेका छन्, र कम्युनिस्ट पार्टीका नेताहरू ओली, प्रचण्ड र माधव नेपालले एक स्वरमा राजतन्त्र नफर्कने बताएका छन्, यो एउटा राजनीतिक बहसको विषय हो।

प्रकाशित मिति: : 2021-12-12 05:34:00

प्रतिकृया दिनुहोस्