दाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

तस्बिर- सामाजिक सञ्जाल
तस्बिर- सामाजिक सञ्जाल

दाङको तुलसीपुरबाट सल्यानको कपुरकाेट जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जसमा दुई जना महिला र एक जना पुरुष रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले बताए।

मृत्यु हुनेको परिचय भने खुलेको छैन। आइतबार साँझ करिब साढे ४ बजेतिर राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा रा १ ज ४३८ नम्बरको जीप दुर्घटनामा परेको थियो।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको जनाइएको छ। जीपमा करिब १३ जना यात्रु सवार रहेको बताइएको छ। विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: : 2021-12-12 17:41:00

प्रतिकृया दिनुहोस्