थाहा पाउनुहाेस् आजकाे राशिफल

आजको पात्रो : मार्गशीर्ष शुक्लपक्ष दशमी तिथि, २७ मंसिर साेमबार। १३ डिसेम्बर। रेवती नक्षत्र, वरियान योग, तैतील करण। सोमबार सूर्योदय बिहान ६ः४७ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ८ मिनेटमा। बिहान ८ः०५ देखि ९ः३३ सम्म राहुकाल रहेको छ। ११ः३८ देखि १२ः१९ सम्म अभिजित मुहूर्त रहेको छ। सोमबार शिव साधनाको बार हो। आजको देवता कुबेर र ग्रहदेव वृहस्पति रहेको छ।

सोमबारको दिन बाहन तथा नयाँ कपडा खरिद गर्नु पनि शुभ मानिन्छ। आजको दिन  कुनै नयाँ कामको लागि शुभ साइत रहेको छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन त्यति अनुकुल छैन। व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ। तर, परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ। स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला। सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ। तर, मनमा निरासा  छाउने छ। पारिवारिक समस्याका कारण आयभन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला। आजको दिन तपाईँहका लागि शुभ दिन मानिन्छ। आजको दिन कसैसँग विवाद नगर्नुहोला।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  तपाईँको आजको समय र दिन अनुकुल रहेको छ। नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। व्यापारमा तपाईँले सोचेभन्दा बढी फाइदा हुनेछ। मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ। नयाँ कामको लागि आजको दिन शुभ रहेको छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ। पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ। आजको दिन  कसैसँग विवाद र झगडा नगर्नुहोला। आजको दिन कसैसँग विवाद भयो भने तपाईँका लागि हानी हुनेछ। आज विहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ। यात्रा गर्दा उपलब्धी हुनसक्छ। मित्र र परिवारको साथ पाउने योग  छ। परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  आजको दिन शुभ छ। तपाईँले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ। आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला। शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ। बालक र बृद्ध मानिसलाई केही खानेकुरा र उपहार दिनुहोला।   

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईँले आजको दिन सुरु गरेका काम सफल हुनेछ। ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ। यात्राका लागि प्रस्ताव आउनसक्छ। अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ। सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ। कन्या राशिका पुरुष जातकका लागि स्त्रीजातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ। आजको दिन यात्रा नगर्दा तपाईँको भलो हुनेछ। त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला। आजको दिन तपाईँले गरेका कामको प्रसंसा हुनेछ। मानसम्मान मिल्नसक्नेछ। सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ। त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ। सन्ताबाट सुख र स्त्रीको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्राका लागि आज फलदायी हुनेछ। आध्यामिक यात्राको लागि आजको दिन फलदायी हुनेछ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन आर्थिक बृद्धि हुने सम्भावना छ। मनमा अशान्त हुनेछ। स्वास्थ्यमा निकै ध्यान दिनुहोला। कसैसँग विवाद हुने कुरा नगर्नुहोला। परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला। आजको दिन मित्र र आफन्तसँगको विवाद हानी हुनसक्छ।    

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईँको मनमा प्रसन्नता छाउने छ। आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ। ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ। स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ त्यसैले ख्याल राख्नु होला।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ। सोमबार शुरु गरेका काम साताभित्र सकिने छ। आजको दिन तपाईँका लागि निकै शुभ दिन छ। चन्द्रमाको साथ रहेको छ। आजको दिन बिहानको सूर्योदयको दर्शन गरेर कुनै पनि काम शुरुवात गर्नुभयो भने तपाईँको दिन र साता नै फलदायी हुनेछ।

प्रकाशित मिति: : 2021-12-13 06:29:00

प्रतिकृया दिनुहोस्