सेयरमा ‘प्रचण्ड पहिरो’

सेयरमा किन गयो पहिरो ?

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विवादास्पद अभिव्यक्तिलगत्तै सेयर बजारमा ठूलो पहिरो गएको छ। दाहालले शनिबार सेयरलाई साम्राज्यवादको विकसित रूप भनेका थिए। उक्त अभिव्यक्तिको सामाजिक सञ्जालदेखि जताततै आलोचना भएको छ।

दाहालले नकारात्मक टिप्पणी गरेसँगै नेप्से सूचक १६८ अंकले घटेर २२८१.६७ बिन्दुमा झरेको छ। सोमबार ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। बजार पुँजीकरणका हिसाबले दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन्। सोमबारको पुँजीकरण ३२ खर्ब ७ अर्बमा सीमित हुन पुगेको छ।

सेयर बजार ४४ खर्बको पुगेको थियो। पछिल्लो समय घटेर ३२ खर्बमा खुम्चिँदा लगानीकर्तामा निराशा छाएको छ। १२ खर्ब रुपैयाँ गुमेसँगै लगानीकर्ता सरकारप्रति आक्रामक बन्न थालेका छन्। दाहालको पुँजी बजारविरोधी भाषणले रुष्ट लगानीकर्ताले विरोध कार्यक्रमै गरे। यससँगै लगानीकर्ताका सबै संघ–संस्थाका संंयुक्त कार्यदलले तीन वर्षअघि सरकारले लगानीकर्तासँग पुँजीबजार सुधारका लागि गरेको ५८ बुँदे सुझावअन्तर्गतका बाँकी काम गर्न सोमबार ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: : 2021-12-14 10:25:00

प्रतिकृया दिनुहोस्