कांग्रेसका ‘शेर’

देउवालाई फेरि फाप्यो दोस्रो चरण

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। राजधानीमा जारी १४औं महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा देउवाले दोस्रो पटक जितेका हुन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार पाँचौं पटक प्रधानमन्त्री रहेका देउवाले २ हजार ७ सय ३३ (५९.२२ प्रतिशत) मत प्राप्त गरेका छन्। सभापतिका अर्का प्रत्यासी डा. शेखरप्रसाद कोइरालाले १ हजार ८ सय ५५ (४०.७७ प्रतिशत) मत प्राप्त गरेका छन्। ४ हजार ६ सय २३ मत खसेकामा ३५ वटा बदर भएको समितिले जनाएको छ।

पहिलो चरणको मतदानमा देउवाले २ हजार २ सय ५८ मत पाएका थिए। त्यसपछि डा. कोइरालाले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याणकुमार गुरुङले २२ मत पाएका थिए। पहिलो चरणमा जित्न उम्मेदवारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपथ्र्यो। त्यसरी मत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई प्रत्यासीबीच पुन: मतदान गराउनुपर्ने व्यवस्थाअनुसार दोस्रो चरणमा निर्वाचन भएको हो। 

प्रकाशित मिति: : 2021-12-15 11:40:00

प्रतिकृया दिनुहोस्