‘रिस्क’मा फिल्म प्रदर्शनः ‘वान मिस, गेम फिनिस’

रातोपाटी

काठमाडाैँ

फिल्म ‘चपली हाइट–३’ ले पुस २ का लागि प्रदर्शन मिति तय गरेको थियो । तर सोही मितिमा दुई विदेशी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका छन् ।

बलिउड फिल्म सूर्यवंशी प्रदर्शनमा आएसँगै कलिउड केही तातेको थियो । तर, नेपाली फिल्म निर्माता निर्देशक भने हलमा प्रवेश गर्न डराइरहेका छन् । बहाना अरु भए पनि कोरोना भाइरसलाई दोष देखाएर नेपाली फिल्म नगरी अझै चलायमान हुन सकेको छैन । 

विगतदेखि नै विदेशी फिल्मसँग डराउने नेपाली निर्माता निर्देशकको नियती पुनः दोहोरिन थालेको छ । हलिउड, बलिउडको छायाँमा कलिउड बजारले ठाडो शीर गर्ने अझै हिम्मत जुटाउनसकेको छैन ।

यसकै दवावस्वरुप निर्माता अर्जुन कुमार दुई हप्ता पछि अर्थात् पुस १५ मा ब्याक हुन बाध्य भएका छन् । यस्तै पुस १६ का लागि अर्को फिल्म ‘कठपुतली’ले पनि प्रदर्शन मिति तय गरेको छ । यसरी सिल्भर स्क्रिनमा नेपाली फिल्म हेर्न अझै दुई साता दर्शकले कुर्नुपर्ने भएको छ । 

प्रकाशित मिति: : 2021-12-16 07:42:00

प्रतिकृया दिनुहोस्